
पूर्वसांसद साहमाथि आक्रमण
काठमाडौं- सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख २ मा राति लालबन्दी नजिकै आक्रमण भएको हो । साहको निधार र टाउकोमा ७ वटा टाँका लागेकाे छ ।
आक्रमणमा संलग्न आरोपमा स्थानीय अर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् । अन्य ४ जना फरार छन् ।
स्थानीय राजेन्द्र महतोसँग विवाद भएपछि उनले सांसद साहलाई फोन गरेर बोलाएका हुन् । त्यसपछि दुवै पक्षको बीचमा लफडा हुँदा पूर्व सांसद साहसहित निकेश साह, रवि पासवान र राजेन्द्र महतो घाइते भएका छन् ।
सांसद साहको सुरुमा बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार गरेर काठमाडौँमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ ।



कागजपत्र |
