सुदूरपश्चिम सरकार गठनका लागि कांग्रेस, समाजवादी र नाउपाको समझदारी


कैलाली  सुदूरपश्चिममा प्रदेश  सरकार गठनको लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ ।

मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मणकिशोरलाई अघि सार्ने समझदारी भएकाे कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

सहमतिपत्रमा समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताले हस्तक्षर गरेकाे उनले बताए ।

प्रतिक्रिया