

हत्या गरिएको अवस्थामा गहुँ खेतमा महिलाको शव फेला

जनकपुरधाम- धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।
धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी माइत गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।
मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । प्रहरीले अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

