नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ


काठमाडौं – नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौंको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् ।

२६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

तारकेश्वर नगरपालिका–११ स्थित हिलेटोलमा युना खाजाघर सञ्चालन गरेर उनले वेश्यावृत्ति गराएको आरोप छ ।

खाजा घरबाट दुई जना नाबालिगसहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ ।

आरोपीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया