एपीएफ स्टोरमा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन


काठमाडौँ – सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा भएको आगलागीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

थापाका अुनसार आगलागी नियन्त्रणमा आउने क्रममै छ भने आगो निभाउन ७ वटा दमकल प्रयोग भइरहेको छ ।

यसका साथै स्काभेटर, दमकल, ट्याङ्करसहित १ हजार बढी सुरक्षाफौज परिचालन गरिएको उनले बताए ।

यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

 

प्रतिक्रिया