

एमाले ललितपुरको अध्यक्षमा आचार्य

काठमाडौं – नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अन्य तीन जना प्रत्यासीहरु चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरे । यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि सोमबार निर्वाचन भएको हो ।
त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् ।

