धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जना ‘सर्टलिस्ट’मा


काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ ।

‘सर्टलिस्ट’मा पर्नेमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं,डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ रहेका छन् । ‘सर्टलिस्ट’ मा पर्नेमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समितिका पूर्वअध्यक्ष हुन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया