भाजपा अध्यक्षकी पत्नीको चोरिएको फर्च्युनर कार भेटियो, छिमेकी देशमा बेच्ने थियो योजना


काठमाडौं- भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाकी पत्नीको चोरी भएको फर्च्युनर कार भेटिएकाे  छ । मार्च १९ गते दक्षिणी दिल्लीबाट कार चोरी भएको थियाे । तर, कार वाराणाशीबाट बरामद भएकाे छ । प्रहरीले चाेरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।  हरदोइका शिवांश त्रिपाठी र लखिमपुर खिरीका सलिम र शाहिदलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त कार भाजपा अध्यक्ष नड्डाकी पत्नी मल्लिकाको नाममा दर्ता छ । चालक जोगिन्दरले कार गोविन्दपुरीस्थित एक सर्भिस सेन्टरमा छोडेका थिए । केही समयका लागि घर फर्किएका जोगिन्दर कार लिनका लागि उक्त सेन्टरमा पुग्दा कार चाेरी भइसकेकाे थियाे ।

प्रहरी सीसीटिभी फूटेजबाट चोरसम्म पुग्न सफल भएको बताइएको छ । प्रहरीले उक्त कार ३ पटक बेचिएको समेत पत्ता लगाएको छ । सुरुमा शाहिद र शिवांशले कार चोरेर लखिमपुरका सलिमलाई बेचेका थिए । प्रहरी सलिमसम्म पुग्दा उनले कार सितारपुरका रहिसलाई बेचेको बताए ।

त्यसपछि प्रहरीले रहिसलाई समातेको थियो तर उनले पनि अमरोहाका फुरकानलाई कार बेचेको बताएका थिए । त्यसपछि मात्रै प्रहरीले कार वाराणसीको बेनियाबाग पार्किङबाट बरामद गर्न सफल भएको थियो ।

प्रहरीका अनुसार यूपीबाट उक्त कार उत्तरपूर्व वा कुनै छिमेकी देशमा पठाउने तयारी रहेको थियो ।

यो पनि:

भाजपा अध्यक्षकी पत्नी मल्लिकाको फर्च्युनर कार चोरी

प्रतिक्रिया