

धनगढीबाट काठमाडौं आइरहेको श्रीको जहाज पोखरा पुग्याे

काठमाडौं- धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट भएको छ ।
आज (शुक्रबार) बिहान ९ः५० मा उड्ने भनिएकाे जहाज १० बजे उडेको थियो। तर, १० बजे धनगढीबाट उडेको जहाज काठमाडौं नभएर पोखरामा अवतरण भएको एक यात्रुले बताए ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले पनि धनगढीबाट उडेको जहाज पोखरामा अवतरणमा भएको खबर प्राप्त भएको बताए । उनका अनुसार इन्डीकेशन समस्या आएकाले जहाज अन्तै डाइभर्ट भएको हो ।
जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ । जहाज अन्तै मोडिदा निकै त्रसित भएको यात्रुले बताएका छन् ।

