

पर्यटन मन्त्रालयका सहसचिव लामिछानेविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं- नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदकाे भ्रष्टाचार प्रकरणमा पर्यटन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछाने पनि मुछिएका छन् ।
उक्त प्रकरणमा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा सहसचिव लामिछाने पनि मुछिएका हुन् । पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव लामिछानेविरुद्ध पनि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा चलाएको हो ।
२४ अर्ब रुपैयाँका ती दुई जहा ज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ ।

