

नेपाली खेलाडी एरिकाले अमेरिकामा जितिन् १ स्वर्ण र १ रजत

काठमाडौं – नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।
१९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् ।
यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् ।

