

नेता शर्माले गरे गम्भिर प्रश्न- राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त ?

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त हुन् भन्दै गम्भीर प्रश्न उठाएका छन् ।
मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै नेता शर्माले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न पाउने अधिकार अपहरण गरेको बताउदै राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त हुन् भन्ने प्रश्न उठाएका हुन् ।
राजनीतिक प्रकृतिको निर्णय र मागदावी भन्दा बढीको निर्णय भएकाले यो बेठीक रहेको नेता शर्माले बताए । गत आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा फैसला दिँदै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई निष्क्रिय बनाइदिएको थियो ।

