बागमतीमा एमालेबाट जगन्नाथ अर्थमन्त्री बन्दै


काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेश  एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेको हो ।

थपलियालाई मुख्यमन्त्री जम्मकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको एमाले सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

थपलियाले पद तथा गोपनीयताको शपश आजै  साँझ ६ बजे प्रदेश प्रमुख कार्यालयमा हुने पौडेलले बताए ।

थपलिया दोस्रोपटक मन्त्री बन्न लागेका हुन् । २०७९ पुस २६ मा मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया