
झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
झापा- झापाको कमल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।
घरमा सुतिरहेका बेला हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा कमल गाउँपालिका–५, गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको गएराति मृत्यु भएको वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए ।
यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ भने सात जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताइन् ।



कागजपत्र |
