सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन रञ्जिता श्रेष्ठको निर्देशन


कैलाली- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । फिर्ता नलिए कारबाही गर्ने  चेतावनी समेत उनले दिएकी छिन् ।

संसदीय दलका नेता चौधरीले भने प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् ।

प्रतिक्रिया