हेटौँडा जाँदै प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हेटौँडा जान लागेका हुन् ।

महासंघको साधारणसभा दुई दिनसम्म चल्नेछ। साधारणसभामा देशभरबाट ११ सय प्रतिनिधि र ५ सय जना पर्यवेक्षक सहभागी हुने जनाएको बताइएको छ।

 

प्रतिक्रिया