

‘राम’ पनि लड्दैछन् चुनाव !

काठमाडौं- भारतको आगामी लोकसभा निर्वाचनमा रामायणका राम पनि प्रतिस्पर्धा गर्ने भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीले लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका कलाकार अरुण गोविललाई मेरठ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको हाे ।
गोभिलले चुनावी अभियान सुरु गरिसकेका छन् । अरुण गोविलले बुधबार मेरठको चौधरी चरण सिंह अडिटोरियममा पहिलो-अभियान सुरु गरे ।राम हेर्न दर्शकको भीडले सभागार खचाखच भरिएको थियो ।
टिभी सिरियल ‘रामायण’ को प्रशारणपछि अरुण गोभिल देशभर चर्चामा आए । अवस्था यस्तो भयो कि मानिसहरूले घरमा रामको तस्विर राखेर पूजा गर्न थाले । अरुण गोविलको जन्म १२ जनवरी १९५८ मा मेरठ जिल्लामा भएको थियो तर उनको बाल्यकाल शाहजहानपुरमा बित्यो ।

