

न्यूजिल्याण्डमा सवारी दुर्घटना हुँदा एक नेपालीको मृत्यु

काठमाडौं- न्यूजिल्याण्डमा सवारी दुर्घटनामा एक जना नेपाली युवकको मृत्यु भएको छ।
धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गएको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए ।
उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको पाण्डेले बताए ।

