

अब औषधि खाएरै घट्नेछ मोटोपना

काठमाडाैं- अहिले कतिपय मनिसहरू मोटोपना कसरी घटाउने भन्नेमा तनावमा हुन्छन् । तर अब त्यो तनाव पनि लिनु नपर्ने भएको छ । मोटोपना घटाउने औषधि नै बिक्री सुरू भइसकेको छ ।
जापानमा मोटोपना रोगको उपचारका रूपमा विश्वभरको ध्यानाकर्षण भएको औषधिको बिक्री सुरु भएको छ । फेब्रुअरी २२ मा डेनिस औषधि कम्पनी नोवो नोर्डिस्कको मोटोपन उपचार औषधि उगोबी (जेनेरिक नाम सेमाग्लुटाइड) जापानमा लन्च गरिएको थियो ।
यसैबीच मोटोपना हटाउन मद्दत गर्ने ताइशो फार्मास्युटिकलको ‘अराइ’ (जेनेरिक नाम ओरलिस्ट्याट) अप्रिल ८ मा रिलिज हुँदैछ ।
पसल र फार्मेसीहरूमा मोटो पेट भएका मानिसहरूको भिसेरल बोसो घटाउनको लागि औषधिको रूपमा बेचिन्छ । ताइशो फार्मास्युटिकलले बिक्रीको लागि विभिन्न सर्तहरू राखेको छ । तर यो औषधि सबैले किन्न भने सक्दैनन् । तर मानिसको दैनिक जीवनमा ठूलो प्रभाव पार्ने साइड इफेक्टहरू पनि रहेका छन् ।
मोटोपनाको समस्या विश्वभर रहेको छ । अझ धेरै समस्या त एसियामा रहेको छ । औषधिको रूपमा प्रयोग गर्न पाइनेपछि नेपाललगायत विभिन्न ठाउँका मानिसहरूलाई पनि यसले फाइदा पुर्याउनेछ ।

