इलाम- २ मा थाम्सुहाङलाई उम्मेदवार बनाउने जनमतको निर्णय


काठमाडौं – बैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए ।

थाम्सुहाङ किराँत-लिम्बूवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनाको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको थियो ।

आफूलाई जनमतले आधिकारिक उम्मेदवार बनाएपछि थाम्सुहाङ प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रचारमा हिँडिसकेका छन् ।

प्रतिक्रिया