चार्ज गर्दै गेम खेल्दा मोबाइल पड्केपछि ४ बालबालिकाको मृत्यु


भारत- चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो ।

चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए । सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो ।

ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए ।

पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।

 

प्रतिक्रिया