टाउको र शरीर अलग भएको अवस्थामा पुरुषको शव फेला


उदयपुर- जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक  एक पुरुषको  शव फेला परेको छ। भुल्के स्थित छाउरी खोला छेउमा बेवारिसे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

खोला किनाराको घारीमा टाउको एकातिर अर्कोतर्फ शरीरको तल्लो भाग भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुबास राईले बताए ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए ।  शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया