मधेशबाट पनि बाहिरियो कांग्रेस, लियो समर्थन फिर्ता


जनकपुरधाम – नेपाली कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पत्र बुझाउँदै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

यादवले अब कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । सत्ता समीकरण बदलिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए । तर, राजिनामा नदिएपछि तीनै मन्त्रीलाई पदमुक्त गरे ।

कांग्रेसलाई सरकारबाट हटाएर मुख्यमन्त्री यादवले तीनै मन्त्रालय नेकपा एमालेलाई दिएका छन् । एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रीका साथै गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

प्रतिक्रिया