

एनसीसीका प्राध्यापक विष्ट हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

काठमाडौं- मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्ट हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ परेकी छिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा (अधिकारी) लाई पक्राउ गरेकाे हाे ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको थियाे । सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको उनले बताए ।
प्राध्यापक विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो ।

