सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेर कारोबार सुरु भएको जनाएको छ ।

हिजो आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २४ हजार ५०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २३ हजार ९०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

महासंघका अनुसार आज १० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम छ ।

हिजो चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ थियो ।

प्रतिक्रिया