यी हुन् उदयपुर जीप दुर्घटनाका ८ मृतक र ९ घाइते


भोजपुर- धरानबाट भोजपुर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । घाइतेहरूलाई उपचारका लागि धरान लगिएको छ ।

मृत्यु घटनास्थलमै
१) मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक)

२) चन्द्रप्रकाश राई- हतुवागढी-२

३) रामकुमारी राई (ममता)- हतुवागढी-५

४) पदमबहादुर थापा- बराहक्षेत्र- ३

५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)

६) कमला अधिकारी – इटहरी

७) पर्वतमाया राई-हतुवागढी- २

बीपी स्वास्थ्य प्रतिष्ठानमा
८) किसन राई -हतुवागढी-५

घाइते
१) विशेष पराजुली

२) सावित्रा राई

३) मिनु राई

४) शान्तिकला राई

५) सविना परियार

६) गायत्री थापा कटुवाल

७) सुशील परियार

८) कुलबुङ्ग राई

९) निकिता कटुवाल

प्रतिक्रिया