

धावनमार्ग पुगेको यतिको विमानमा समस्या देखिएपछि पार्किङमै फर्काइयो

काठमाडौँ – त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।
इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।
विमानस्थल स्रोतका अनुसार यती एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८:३० थियो ।

