चुरोटको ठुटोले घर जलेर नष्ट


तनहुँ- चुरोटको ठुटोबाट सल्केको आगोले तनहुँमा एक घर जलेर नष्ट भएको छ । तनहुँको भानु नगरपालिका वडा नम्बर १३ पोखरीछाप समजूर चिलने खर्क निवासी ५० वर्षीया सुकुली मियाँको घरमा आगलाली हुँदा घर जलेर पूर्ण रूपमा क्षति भएको हो ।

मानसिक सन्तुलन बिग्रिएका छोराले खाएको चुरोटको ठुटो ओछ्यानमै छोडिदिएपछि आगलागी भएर घर पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया