

सशस्त्र प्रहरीको ब्यारेकमा आगलागी हुँदा ६ थान एसएलआर नष्ट

काठमाडौं- सशस्त्र प्रहरी बलको बारा,बरेनियास्थित बोर्डर आउटपोस्टमा आगलागी हुँदा हतियार नष्ट भएको छ ।
हिजो साँझ भारतीय सीमाना नजिकै भाडाको घरमा भएको आगलागीमा मानवीय क्षति भने हुन पाएन ।
सशस्त्र स्रोतका अनुसार आगलागीमा ६ थान एसएलआर जलेको छ । टिनको छानो भएको उक्त घरमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागीमा त्यहाँ तैनाथ कर्मचारीका सबै कपडा, खाद्यान्न पनि जलेको छ।

