

कास्कीमा भिरबाट खसेर जर्मन नागरिक मृत्यु

काठमाडौं- कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर एक जर्मन नागरिक मृत्यु भएको छ।
जर्मन घर भएर पोखरा घुम्न गएकी पिया जोसको मृत्यु भएकाे हो।
आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए।

