

निर्वाचन आयोगमा पुग्यो सर्वोच्चको फैसला, नेकपा खारेज गर्ने तयारी (विज्ञप्तिसहित)

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका बारेमा गरेको फैसला निर्वाचन आयोगमा पुगेको जनाइएको छ ।
निर्वाचन आयोगले सर्वोच्चको फैसला प्राप्त भएको जानकारी गराउँदै सर्वोच्चको फैसलाअनुसार गर्ने तयारी गरिरहेको जनाइएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार सर्वोच्चको फैसला आयोगमा पुगी दर्ता भइसकेको छ । आयोगले सर्वोच्चको फैसला आएसँगै नेकपा खारेज गर्ने तयारी गरिरहेको पनि स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले आइतबार बमबहादुर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासबाट दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषिराम कट्टेलको पक्षमा फैसला दिएको थियो ।

