वाणिज्य बैंकका कर्मचारीले ग्राहकको १ करोड ३७ लाख चोरेपछि…


काठमाडौं-  राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ परेका छन् । कनिष्ट सहायक रोहित कुमार ओझालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट  नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको १ करोड ३७ लाख ८६ हजार रकम चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।

आरोपीविरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया