

विप्लवको सुरक्षा चुनौतीका लागि प्रहरी टोली परिचालन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको छ।
सरकार र नेकपाबीच सहमती भएपछि विप्लव शुक्रबार सार्वजनिका विप्लवको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको हो ।
त्यसै दिन काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा विप्लव समूह र सरकारबीच तीन बुँदे सहमती पत्रमा हस्ताक्षर भएको थियो।
त्यसअघि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै उसका नेता कार्यकर्ताविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिने निर्णय पनि गरेको थियो। विप्लव अहिले सामाखुसीमा बस्दै आएका छन्।
आगामी दिनमा शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको आधारमा विप्लवले जनमत बढाउन, नेतृत्व लिन र देशको मुहार परिवर्तन गर्न सक्ने फराकिलो र वैधानिक बाटो तयार भएको छ ।

