

डडेल्धुरा अस्पतालमा ‘पेनलेस डेलिभरी’ सेवा सुरु

डडेल्धुरा- डडेल्धुरा अस्पतालमा ‘पेनलेस डेलिभरी’ सेवा सुरु भएको छ। उक्त प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ।बिहीबार पहिलोपटक परशुराम नगरपालिकाकी मिना गिरीले सोही प्रविधिबाट बच्चा जन्माएकी थिइन्।
त्यस्तै शुक्रबार गन्यापधुरा गाउँपालिकाकी मनीषा बोहराले प्रसूति पीडाविना नै सोही विधिबाटै बच्चा जन्माएकी छिन्।
सोही प्रविधिबाट बोहराको बच्चालाई जन्म दिनका लागि डडेल्धुरा अस्पतालमा एनेस्थेसियोलोजिस्ट डा. रोमन कार्की र प्रसुती रोग विशेषज्ञ डा. स्मृति शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो।

