

नेपालले गुमायाे छैठाैं विकेट

काठमाडौं – नामिबियाविरुद्धको खेलमा नेपालले छैठौं विकेट गुमाएको छ ।
२१ रनमा चार विकेट गुमाइसकेको नेपालले छैठौं विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।
उनी व्यक्तिगत २ रन बनाएर आउट भए । अहिले नेपालले ७३ रन बनाउँदा ६ विकेट गुमाएर खेलिरहेको छ ।
नेपालका लागि कुशल मल्ल १५ रनमा पाँचौं विकेटका रुपमा आउट भएका थिए ।
अहिले नेपालका लागि भिम सार्की ४० रन बनाएर ब्याटिङ गरिरहेका छन् । कामी आउट भएपछि गुल्सन झा मैदान प्रवेश गरेका छन् ।

