भोलिदेखि मौसममा सुधार हुने


काठमाडाैं- आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ ।  बेलुकासम्म कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु बिहानैदेखि लागिरहेको छ ।

आज रातिदेखि पश्चिम नेपालको मौसममा सुधार हुने तथा बाग्मती, कोशी र मधेश प्रदेशमा भने भोलि बिहानदेखि मौसम खुल्ने पनि मौसमविद् सञ्जीव अधिकारीले बताए ।

प्रतिक्रिया