नेपालले पायाे ७४ रनको लक्ष्य


काठमाडाैं- एसीसी महिला प्रिमियर कप अन्तर्गत कुवेतसँगको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

मलेशियामा जारी प्रतियोगितामा बुधबार टस जितेर ब्याटिङ रोजेको कुवेतले नौ विकेटको क्षतिमा ७३ रन बनाएको हो । कुवेतका लागि प्रियदा मुरलीले २९, शान्ति वालासुव्रमन्यम र कादिजा खालिलले १३–१३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

नेपालका लागि सीता राना मगरले तीन, कविता कुँवर र रुविना क्षेत्रले दुई–दुई विकेट लिए। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया