
कैलाली र बैतडीबाट लागुऔषधसहित दुईजना पक्राउ
काठमाडौं– कैलाली र बैतडीबाट अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीकाे जानकी गाउँपालिका-५ अमौराबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बैतडीकाे सिगास गाउँपालिका-९ श्रीभाबरबाट चरेश जस्तो पदार्थ करिब २ किलोसहित बित्थडचिर गाउँपालिका-५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
