गाैशाला महिला मृत प्रकरणः हत्यामा संलग्न ‘प्रेमी’ पक्राउ


काठमाडौं – काठमाडौँको गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले दोलखा घर भएका एक पुरूषलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् । माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया