आजदेखि सुरु भयाे ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवा


काठमाडौं – ध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।

विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्णरूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ ।

अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरूमा पूर्णरूपमा डिजिट र स्वचालित रूपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् ।

विभागले माघबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षर प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया