कहाँ भ्रष्टाचार छैन भनेर हेर्नुपर्ने अवस्था छ : अध्यक्ष लिङ्देन


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक परिवर्तनको नाममा देश लुट्ने काम भइरहेको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढिरहेको बताए ।

‘भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर हेर्नुपर्ने अवस्था छ। सरकार सुशासन र प्रगतिका कुरा गर्छ। गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको छ’ उनले भने, ‘एनसेल, टेरामक्स लगायतमा धेरै अनियमितता भएको छ । टेरामक्स ल्याउने र ल्याउन रोकेबापत पनि खाने, ओहो योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ रु चार वर्षसम्म कुरा नटुंग्याउने ? सांसद र मन्त्री फरार सूचीमा राखिदिने ।

प्रतिक्रिया