


एउटै पालिकामा बुवा मेयर, छोरा हाकिम अनि भतिजो इन्जिनियर !

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा एउटा पालिकामा बुवाछोरा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाकामा प्रमुख रूपमा बिजय सिंह धामी रहेका छन् भने प्रमुख प्रशासकीय अधिकृतका रुपमा उनका छोरा पुस्कर सिंह धामी कार्यभार सम्हालिरहेका छन् ।
धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो ।
यति मात्रै हाेइन, नगरप्रमुखका भतिजाले समेत गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् । मेयरका भतिजा योगेश सिंह धामी इन्जिनियरका रुपमा कार्यरत छन् ।

