‘फस्ट बेञ्चमा बस्ने खरदार भए, म लास्ट बेञ्चमा बस्ने मुख्यमन्त्री भएँ’


काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति अहिले भाइरल बनेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहमा उनले विद्यालयको फस्ट बेञ्चमा बस्ने स्कुलका प्रतिभावान विद्यार्थीहरू खरदार भएको तर आफू लास्ट बेञ्चमा बस्ने भएपनि मुख्यमन्त्री बनेको बताएका छन् ।

‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो’ उनले भनेका छन् । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको दाबी छ ।

‘सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, यति अंक ल्याएर पास ग¥यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन । सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो’ उनले भनेका छन् ।

 

प्रतिक्रिया