एकै गाउँका १२२ जनालाई भाइरल ज्वरो, एकको मृत्यु


काठमाडाैं- मकवानपुरमा  एकै गाउँका १२२ जना भाइरल ज्वरोको संक्रमणबाट बिरामी भएका छन् ।

राक्सिराङ गाउँपालिका-९ टर्लिङमा एक हप्तायता भाइरल ज्वरो फैलिएको छ । ज्वरोकै कारण एक जनाको निधन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार काप्रीले  जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म १२२ जना बिरामी भएका छन् ।  ज्वरोकै कारण  सोही गाउँका ५५ वर्षका टीकाबहादुर नगरकोटीको निधन भएको उनले बताए । उनको उपचारको क्रममा निधन भएको बताइएकाे छ ।

भाइरल ज्वरो फैलिएको ठाउँमा बिरामी हुनेमा बालबालिकादेखि सबै उमेर समूहका छन् ।  गाउँपालिकाले  भाइरल ज्वरोका बिरामी बढेपछि स्वास्थ्य शिविर नै सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया