


ललितपुर अदालतले सेवाग्राहीलाई पाइन्ट खोल्न बाध्य बनाएपछि…[भिडियो]

काठमाडौं- ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको भिडियो सार्वजनिक भएको छ । च्यातिएको पाइन्ट लगाएर भित्र पस्न नपाइने भन्दै धरानका सेवाग्राहीलाई पाइन्ट खोल्न लगाइएको हो ।
त्यसपछि उनलाई भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएकाे अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जाल फेसबुकमाफर्त जानकारी दिएका छन् ।
अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईले ती सेवाग्राहीलाई घर गएर पाइन्ट फेरेर आउन भनेका थिए । तर, प्रतिउत्तर फिराउने म्याद सकिन लागेकाले सुरक्षाकर्मीले भनेअनुसार ट्राउजरमै अदालतम प्रवेश गराएको सत्यालले जानकारी दिए ।

