दुई भारतीय नागरिकलाई अध्यागमनले रोक्यो


काठमाडौं- त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद ढंगले चीन र दुवई जान खोज्ने दुई भारतीय नागरिकलाई रोकेको छ । भारतीय नागरिक सलिम भाइ मेनन र राजीव रन्जनलाई त्रिअवि अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएको हो ।

बिहीबार मेनन दुबई र रन्जन चीन जाँदै थिए । नेपालस्थित भारतीय दूतावासले जारी गरेको नो अब्जेक्सन लेटर नभएपछि अध्यागमनले मेनन र रन्जनलाई प्रस्थान अनुमति नदिइ मेनन् र रन्जनलाई फिर्ता गरेको हो ।

 

प्रतिक्रिया