

दरबारमार्गको क्यासिनो प्यालेसबाट ९ जना पक्राउ, १ करोड बरामद

काठमाडौं- प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट ९ जनालाई पक्राउ गरेको छ ।
क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

