केन्द्रीय सदस्य गणेश लामाको पहलमा सर्लाही कांग्रेस नेता एउटै मञ्चमा


सर्लाही – नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान सर्लाहीमा पनि सुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाको पहलमा १५ वर्षपछि सर्लाही कांग्रेस एउटै मञ्चमा देखिएका छन् ।

यही १६ गतेबाट सुरु भएको कांग्रेसको अभियानमा सर्लाहीको नेतृत्व गरेका लामाको पहलबाट देखिएको सर्लाही कांग्रेसमा देखिएको एकताले सर्लाही कांग्रेसमा नेता लामाको वाहवाही देखिएको छ ।

लामाको पहलपछि १५ वर्षको लामो अन्तरालपछि जिल्लाभरिका सम्पूर्ण प्रमुख कांग्रेस नेताहरु एकैसाथ एउटै मञ्चमा सहभागी भएका हुन् ।

मलंगवास्थित पार्टी कार्यालयमा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ सर्लाहीको आयोजनामा क्षेत्रीय सभापति कौशलकिशोर रायको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय भेलामा प्रमुख अतिथि केन्द्रीय सदस्य गणेश लामा, विशिष्ट अतिथिहरू पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्वजिल्ला सभापति नगेन्द्र कुमार यादव, जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, प्रदेश सांसद जंगीलाल राय, प्रदेश सदस्य सकुनती राम, उपसभापतिद्वय नविन कुमार अधिकारी, सरोज कुमार यादव, जिल्ला सचिव मनोज कुमार यादव, कांग्रेस नेता एवम् पालिका प्रमुखहरू विनोद साह, मनोज अचार्य, रूपेश कुमार यादव, धिरेन्द्र यादव, रामपदारथ साह, तरूण दलका अध्यक्ष सुर्य नारायण यादव, ने वि संघ सभापति,प्रदेश सदस्यहरू, महाधिवेशन प्रतिनिधि वडा सभापतिलगायतको उपस्थित रहेका थिए ।

उक्त अवसरमा उपस्थित भएका नेताहरुले पछिल्ला सबै तिक्तताहरु र आन्तरिक मतभेदलाई बिर्सेर आजैको दिनदेखि सबै मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया