


तत्काल मन्त्री मण्डल हेरफेर हुँदैन : मन्त्री गुरुङ

बुटवल- कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको स्पष्ट पारे ।

