
न्यायाधीश निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालत बन्द
काठमाडौं : न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु आज बन्द भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मंगलबार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बुधबार शोक बिदा दिने निर्णय गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ ।



कागजपत्र |
